काठमाडौँ – नेपानलमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट भेटिएको छ । गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलनपछि गरिएको जिन सिक्वेन्सिङमा नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको हो । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा तीन किसिमका कोरोनाका भेरियन्ट रहेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई २०२१ मे १० मा ‘विश्वव्यापी भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा समेत गरेको थियो ।