काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको निर्वाचनमा भोट दिन अपील गरेका छन् ।


ADVERTISEMENT


बुधबार एक अपील जारी गर्दै ओलीले बाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने रिक्त पदमा बादललाई जिताए कम्युनिस्ट आन्दोलनको एकतामा बल पुग्ने बताएका हुन् । बादल कम्युनिस्ट आन्दोलनको एक वरिष्ठ नेता रहेको बताउँदै उनले भनेका छन्, ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ ।’ ओलीले एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन एमाले निकटलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभामा बाग्मती प्रदेशको निर्वाचन जेठ ५ गते (भोलि) हुँदैछ । यसअघि बादला नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाका सदस्य हुँदै गृहमन्त्री भएका थिए । तर, सर्वोच्च अदालतले नेकपा एकतालाई अस्वीकृत गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि बादल एमालेमा नै रहने निर्णय गरेका थिए ।

पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभाको सदस्यबाट हटाएको थियो । रिक्त उक्त पदमा बादल एमालेबाट फेरि उठेका हुन् । एमालेमा पनि ओली र माधव समूहबीच फाटो आएपछि माधव समूहले बादलको विरुद्ध एमालेकै डा. खिमलाल देवकोटालाई आफ्नो उम्मेदवार बनाएको थियो । उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेको छ ।

यद्दपी ओलीले पार्टीभित्रका समस्या र असन्तुष्टिहरु समाधानका लागि कार्यदल बनेको र त्यसले काम समेत गर्न थालिसकेको बताउँदै सूर्य चिन्हमा भोट दिएर बादललाई जिताउन अपील गरेका छन् ।