तनहुँ– नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रु २७ हजार ५६६ सहयोग जुटेको छ ।


ADVERTISEMENT


शाखाको यही जेठ १ गते शनिबार भर्चुअचल माध्यमबाट सम्पन्न बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोगका लागि तदारुकता देखाएका हुन् ।


ADVERTISEMENT

# # #


भानु नगरपालिका–९ पुर्कोट निवासी आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहेका श्रीराम पाण्डेले रु २० हजार व्यासनगरपालिका–४ निवासी एवं व्यासनगरपालिकाका नायब सुब्बा भाग्यशाली ढुङ्गानाबाट रु पाँच हजार ५५ र व्यासनगरपालिका–१ निवासी एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य प्रदीप न्यौपानेबाट रु दुई हजार ५११ सहयोग गरेका हुन् ।

नायब सुब्बा ढुङ्गानाले यसअघि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको संरक्षकत्वमा रहेको टीकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारको संस्थापक समेत हुन् । रासस