बाँके –  बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, गएराती साढे आठ बजेदेखि बुधबार विहान साढे ६ बजेसम्ममा १७ जनाको मृत्यु भएको छ । मृतकमा सात जना बाँके र १० जना बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कोरानाबाट २ सय ५३ र अन्य जिल्लाबाट उपचार गराउन आउदा २ सय ९ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन । कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको संख्या धेरै रहेको बताए ।

सङ्क्रमित हुनेको संख्या घटे पनि मृत्युदर भने घट्न नसकेको उनले भने ।