दैलेख– पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासकोे समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाएका छन् ।


ADVERTISEMENT


जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट रु सात लाख ५३ हजार ६१७ संकलन भएको हो ।


ADVERTISEMENT

# # #


उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेशिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनिीतक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरिएको अभियानकर्मी रिजालले बताए । उनका अनुसार, हाल एउटा मेशिन खरिद गरिसकेका उनी अब अर्काेको खोजीमा रहेका छन् ।

यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १५ थान खाली सिलिन्डर उपलब्ध गराएका थिए । यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तीमा रु एक सय अभियान चलाएको छ । संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म दैलेखमा २० जनाको मृत्यु भइसकेको छ । रासस