काठमाडौँ– नेपाली कांग्रेस सम्बन्ध तरुण दलले राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाउँदै उनको निर्णय खेदजनक रहेको आरोप लगाएको छ ।


ADVERTISEMENT


संविधानको धारा ७६ को दफा ३ अनुसार, नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनको लागि मिति तोक्नु संविधानविरुद्व भएको भन्दै तरुण दलले यसको चर्काे विरोध गरेको हो ।


ADVERTISEMENT

# # #


यसका साथै दलले हाल देश र जनता कोरोना महामारीको भाइरससंग लडिरहदा यता भने सरकार नयाँ सरकार गठनको मिति तोक्नमा व्यस्त हुनु संविधानमाथिको ‘कु’ र जालसाजीपुर्ण गतिविधि रहेको जनाएको छ ।

आज एक विज्ञप्तिमा जारी गर्दै दलका अध्यक्ष जित जंग बस्नेतले राष्ट्रपतिको क्रियाकलाप अव्यवहारिक, अमानवीय र संविधानमाथि ‘कु’ भएको भन्दै उनलाई अपदस्थ गर्न समेत माग गरेको छ । संविधानका प्रक्रियाहरु मुलुक सञ्चालनका विधि र व्यवहार भएको तर, राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि भने घरव्यवहार सञ्चालन गरिनेजस्तो रहेको भन्दै दलले पुर्ण रुपमा त्यसको चर्काे आलोचना गरेको छ ।

संसदिय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संससदबाट नै खोज्नुपर्ने भन्दै , विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्युको भुमिका नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकजस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोगको प्रस्ताव पदबाट हटाई मुलुकलाई संटकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल माग गर्दछ।’