काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पत्रकार सम्मेलन गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गरेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न समय दिएकी छन् ।


ADVERTISEMENT

# # #


ओली पदमुक्त नभएर नभएर नै नयाँ सरकार गठनको आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले आपत्ति जनाएका छन् । यद्दपी देउवा निवासमा भावी रणनीतिबारे कांग्रेस, माओवादी र जसपा (उपेन्द्र) समूह सहभागी छन् ।