काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले संविधानको धारा ७६ को (४) बमोजिम विश्वासको मत लिनुभन्दा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुमा नै उचित ठानेर आफूले निर्णय लिएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अहिलेका विरोधी शक्तिहरुलाई वैकल्पिक सरकार गठनको बाटो खोलिएको उनले बताए । उनले मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो नहुने जिकिर गरे ।
‘वैकल्पिक सरकार बनाउन छोडिदिँदा, मार्ग प्रशस्त गरिदिँदा पनि संविधानमाथि थिचोमिचो हुन्छ ? । धारा ७९ (४्र) अनुसार विश्वासको मत लिँदा म हार्छु र हारेपछि ५ मा नै जाने हो ।’ उनले भने, ‘धारा ७६ (५) मै जाने हो भने जाउँ न त । तपाईंहरु सरकार बनाउनुहोस् । नीति कार्यक्रम बनाउनुहोस् । के यो लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, आजको आवश्यकता, कोरोनाविरुद्ध लड्ने आजको आवश्यकताका विरुद्ध हुन्छ ?
उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश केबल कुण्ठा रहेको बताए ।
उनले विश्वासको मत लिने झण्झट गर्नुभन्दा सरकार गठनको मार्गप्रशस्त गरेको उनले बताए । उनले भने, ‘विश्वासको मत लिने कर्मकाण्ड गरे पनि आखिर धारा ७६ को उपधारा ५ मा नै जानुपर्छ, त्यसरी प्रक्रिया लामो बनाउनुभन्दा सिधै सरकार गठनको आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष आग्रह गरेका हौँ ।’