काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउन दलहरुलाई प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले शुक्रबार बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको बताए ।

‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’,