काठमाडौँ – वैकल्पिक सरकार गठनका लागि सिंहदरबारमा नेपालकांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक सुरु भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा नेकपा एमालेको माधव नेपाल पक्ष पनि सहभागी भएको छ ।


ADVERTISEMENT


बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तथा माधव पक्षबाट माधव नेपाल र सुरेन्द्र पाण्डे सहभागी छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि आज ५ बजेसम्मको समयावधी दिएकी छन् ।