काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफूसँग १५३ जना सांसदको समर्थन रहेको भन्दै नयाँ सरकार गठनका लागि दाबी गरेका छन् । उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । तर, विपक्षीहरु गठबन्धनको सरकार बनाउन असफल भएपछि धारा ७६(३)अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका का थिए ।


ADVERTISEMENT

# # #


तर, प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजे सकिँदैछ ।