काठमाडौँ –  नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १८ हजार ९६५ पीसीआरका क्रममा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १९३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमाा ६ हजार ३ सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप सात हजार ६ सय ६४ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ९१ हजार ३ सय ४८ जनाले कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उहाका अनुसार हाल नेपालमा १ लाख १५ हजार ५४७ संक्रमित आइशोलेशनमा र ८७३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख १६ हजार ४६८ वटा पिसिआर गरिएको छ ।