रमेश पौडेल, (युवा नेता, नेकपा एमाले ) 


ADVERTISEMENT


संसद् विगठन गरी निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


अहिलेको अवस्थामा प्रधानमन्त्रीको कदम अराजकता, बेथिति, सांसद्को किनबेच र जनतालाई भ्रममा पारी लोकतन्त्रलाई कमजोर पार्ने षड्यन्त्रकाविरुद्ध लोकतन्त्र, न्याय, समानता र स्थिरताका लागि हो । दसैँमा भेडाबाख्रा किनबेच गरे जस्तो सांसद्लाई भेडाबाख्रा बनाउने खेल रोक्न जनता नै शक्ति र अन्तिम सत्य हो भन्दै प्रधानमन्त्रीले यो कदम चाल्नुभएको छ । उहाँले जनतालाई शिरमा राख्नुभएको छ, शिरमा राखेर चालेका सबै कदम सही छन् ।

प्रधानमन्त्रीले संसद् विगठन गर्ने कुनै रहर नभएको स्पष्ट पार्नुभएको थियो । संसद्लाई स्थायित्व दिन, पाँचै वर्ष जनताले दिएको साथ पूरा गर्न अपील गर्नुभएको थियो । तर संसद् किनबेच र असंसदीय प्रक्रिया अपनाएर सरकारलाई असफल बनाउने खेल खेलियो । शेरबहादुर देउवाले बहुदलीय व्यवस्थामा निर्दलीय तरिका अपनाउनुभयो । माधव नेपाल लगायतका नेताले भेँडाबाख्रा जसरी सांसद् किनेर बहुदलको सिस्टममाथि आक्रमण गरेपछि बहुदल र यो व्यवस्था रक्षाका लागि प्रधानमन्त्रीले यो कमद चाल्नुभयो । हामी व्यक्तिभन्दा दललाई माथि राख्छौँ । दलमाथि नै आक्रमण भयो । फेरि निर्दलीय प्रक्रियाबाट प्रधानमन्त्री हुने क्रममा बहदलीय प्रक्रियाका लागि लडेका नेपाली काँग्रेसका शेरबहादुर देउवा नै बहुदल सिध्याउन निर्दलीय प्रक्रिया अपनाउँदै हुनुहुन्छ । हिजो दरबारमा उहाँले प्रजातन्त्र बुझाएकै हो । दललाई प्राथमिकतामा राख्न पर्छ भनेर प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपतिले विवेकीय अधिकार र संवैधानिक अधिकार प्रयोग गरेर प्रक्रिया पुगेन भनेर यो व्यवस्था बचाउन संसद् विगठन गरी मध्यावधि चुनाव निर्धारण गरिएको हो । यो व्यवस्था बचाउनका लागि गरिएको निर्णय भएकाले प्रधानमन्त्रीले चाल्नुभएको कदम स्वागतयोग्य छ ।

प्रधानमन्त्री स्वयंलाई यो व्यवस्थामाथि आक्रमण गरेको आरोप विपक्षीको छ नि ?

हुँडारहरुको आवाज र गर्धनको के मूल्य ? उहाँहरुको आवाज दलहरुलाई कमजोर बनाउन डर देखाएर बहुदलीय व्यवस्थालाई तर्सित पार्न खोजिएको हुँडारको आवाज हो । यसको कुनै अर्थ छैन । डलरको खेती गर्ने, विदेशबाट पालित नागरिक समाज भन्नेहरु यसको समर्थनमा छन् । हुन त उनीहरुको धर्म नै यही हो, पेट पूजा गर्ने । यसो नगरी नारायण वाग्ले लगायतको गुजारा हुँदैन । उनीहरु बाँच्दैन । जेहोस् यसलाई पनि मैले अन्यथा लिएको छैन । जनतामा जाने प्रधानमन्त्रीले जुन कदम चाल्नुभयो त्यसमा नेपाली काँग्रेस किन डराएको भन्नेमा म अचम्म मान्छु । माधव नेपाल लगायतका नेताहरु त भेँडाबाख्रा न हुन्, माओवादीको विगतमा लोकतन्त्रप्रति विश्वास नै थिएन । जनता र बहुदल सिध्याउन उसले हतियार उठाएर बहुदल मान्नेको घाँटी रेटे्दै हिँडेको हो ।

मलाई अचम्म लागेको चाहिँ बहुदलका लागि लडेको काँग्रेस बहुदलविरुद्ध संघर्ष गरी आएको शक्तिसँग मिलेर किन बहदुलमाथि आक्रमण गरिरहेको छ भन्ने हो । यसले लोकतन्त्रको मान्यतामाथि आक्रमण गरिरहेको छ । संविधानलाई आफ्नो कुव्याख्या गर्ने गरेको देखिन्छ । काँग्रेस जुन सत्तालिप्सामा गलत तरिकाले लागिरहेको छ काँग्रेसका साथीलाई अनुरोध छ, चरित्र बचाएर राख्नुस् । हैन भने पार्टी त सानेपामा रहला कोहीपनि काँग्रेस रहँदैन । प्रधानमन्त्री बन्न चाहनेले निर्वाचनमा गएर जितेर आउने हो। देउवा भेँडाबाख्रा जस्तो सांसद् किनेर असंवैधानिक रुपले लाग्नुभयो । लोकतन्त्र लिएर राजाले बुझाएको कुरा उहाँले बिर्सिनुभयो होला यो नबिर्सिन सुझाव छ । अघिल्लो पटक संसद् विगठन सवैधानिक नभएको भने अहिले त कानूनी रुपमै अघि बढेको छ ।

लामो समयदनेखि आमाको नामबाट नागरिकता पाउनुपर्ने मुद्दा उठ्दै आएकोमा यतिबेला जसपालाई रिझाउनकै लागि अध्यादेश ल्याइएको आरोप छ । यसबारे तपाईँको धारणा के छ ?

यो धेरै पहिले देखि उठेको मुद्दा हो । अध्यादेश नस्वीकार्नु भनेको नेपाली महिलाललाई विश्वास नै नगर्ने भन्ने कुरा हो । कसैलाई यो मन परेको छैन भने निर्वाचनबाट आएर पछि करेक्सन गरे भैगो त ।

अक्सिजनको अभाव छ, जनता उपचार नपाएर मरिरहेको बेला सत्ता लुछाचुडमा सरकार जुटेको छ । जनताप्रति उत्तरदायी हुन किन सकेन सरकार ?

सरकारले अक्सिजन अभाव हुन नदिने गरी व्यवस्था गरेको छ । कोरोनाको दर विस्तारै घटेको छ । सरकार गम्भीर भएर लागेको छ । सकेजति उपचार, खोप, मेडिकल सामाग्री उपलब्ध गराइरहेको छ । सरकारले गरेको कामप्रति धेरै धन्यवाद भन्छु । मेरो परिवार नै कोभिडले संक्रमित छ । सरकारी निकायबाट तीनपटक फोन गरेर सरकारले बुझ्यो । सोध्यो । सरकारले चासो देखाएको छ । गोविन्द केसी र तिनको नाटकमा सहभागी भएर अस्पताल बनाउनु हुँदैन भनेर अस्पताल बनाउन नदिनेलाई बिरामीहरु छट्पटाइरहँदा सरापिरहेका छन् । यद्दपि, सरकारले चासो देखायो । संवेदनशील भएर लागेको छ सरकार, लाग्छ पनि ।

कोरोना रोकथामका लागि आवश्यक तयारी नगरी निषेधाज्ञा मात्र बढाइराख्ने र जनतालाई थुनेर शक्ति बचाइराख्ने दाउमा सरकार लागेको आरोप सुनिन्छ नि ?

सरकारले कोरोना उपचारमा एकदमै सक्रियताका साथ काम गरिरहेको छ । अहिलेको राजनैतीक परिदृश्यमा हामी अदालतले पक्षमा वा विपक्षमा जेमा फैसला गरेपनि मान्छौँ । हामी कानूनको सवोत्तताको पक्षमा छौँ । विपक्षीले सडक तताउने योजनामा हुनुहुन्छ । ओलीलाई दोष दिन पाइन्छ भनेर मान्छेलाई सडकमा पठाएर मान्छे मार्ने सोचमा शेरबहादुर देउवा लगायतका मान्छेहरुले सोचिरहेका छन् । मर्ने नै हो भने किन सडकमा जानु ? धमाधम डोरी लिएर आफै झुन्डिए भैहाल्यो नि ।

प्रधानमन्त्रीका गतिविधिका कारण पूर्वप्रधानमन्त्रीहरु समेत गरी बुद्धिजीविले भष्मासुर प्रवृत्तिको आरोप लगाइरहेका छन् । त्यस्तो प्रवृत्ति देखिएको हो ?

जित्न नसक्नेले लगाउने आरोप हो यो । अदालतमा, निर्वाचनमा र संसद्मा कतै पनि प्रधानमन्त्रीलाई हराउन नसकेपछि स्यालले अंगुर अमिलो छ भने जस्तो हो यो । भष्मासुर ओली होइनन्, प्रचण्ड, देउवा र माधव नेपाल हुन् ।