काठमाडौँ – प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु आज सर्वोच्च अदालत जाने भएका छन् ।


ADVERTISEMENT


आइतबार नै सर्वोच्च जाने तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले आइतवार रिट दायर हुन सकेको थिएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सिँहदरबारमा माधव नेपाल पक्षका सांसद्को हस्ताक्षर संकलन गर्दै गरेकोमा केही बेरमै सर्वोचच जाने जानकारी दिए । उनले संसद विघटनकोविरुद्ध १४९ भन्दा बढी सांसदको हस्ताक्षर संकलन भएको दावी उनको छ।


ADVERTISEMENT

# # #


राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।