काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित नेपाल पक्षका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमार्फत माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुनलाई सामान्य सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।


ADVERTISEMENT

# # #


ओलीले थप १२ जनालाई स्पष्टीकरण सोधेका छन्।