काठमाडौँ – बुद्ध जयन्तीको शुभकामना दिँदै पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनका विरुद्ध संघर्ष गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आजकोएक मात्र विकल्प भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह उनले गरेका छन् । बुद्धले नेपाली भूमिमा जन्म लिएर शान्ति र अहिंसाका लागि पुर्‍याएको योगदान नेपालीका लागि गर्वको कुरा भएको उनको भनाइ छ ।

समान अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले मात्रै वैज्ञानिक चेतनाको विकास हुने भएपनि नेपाली राजनीतिमा आफूहरुले दम्भ र अहंकार परेको उनले बताएका छन् ।