बर्दिया– निषेधाज्ञा उल्लघंन गरी यात्रु ओसार–पसार गर्ने दुई सवारी पक्राउ परेको छ ।


ADVERTISEMENT


नियमित ड्युटी चेकजाँचको क्रममा निषेधाज्ञाको अवधिमा वाहिरी जिल्लाबाट यस जिल्लामा बिना अनुमति यात्रु ओसारपसार गर्ने ना ६ ख ६४८२ नम्बरको यात्रुवाहक बस र बिना अनुमती रक्सीको बिर्को ३८ बोरा ओसारपसार गरिरहेको ना २ ख ९३६० नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उक्त सवारी साधनका चालकहरुलाई ‘कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार प्रती सवारी साधन रू.५ हजार जरिवाना गरिएकोे प्रहरी कार्यालयले जनाएको छ ।