काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।
सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएको हो ।
यस विषयमा बोल्दै उनले भनिन्, ‘प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।’ रासस