काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ ।


ADVERTISEMENT


कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


क्लिनिकमा कोभिडपछि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिन्छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिंड्दा स्वाँ-स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छन । यस्ता समस्यालाई बेवास्ता गर्न नहुने डा. जैसवाल सुझाउँछन् ।

यस्ता समस्या हुनेहरुले नर्भिकको पोस्ट कोभिड क्लिनिकमा आएर स्तरीय उपचार सेवा लिनसक्ने उनको भनाई छ ।