काठमाडौँ – दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाघुसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माणको काम ११ वर्ष सम्म पनि सम्पन्न हुन नसक्दा उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ ।


ADVERTISEMENT


२०७८ वैशाखभित्र सिङ्गल सर्किट सञ्चालनमा ल्याउने भनिए पनि कामले गति लिन नसक्दा प्रसारण लाइनको काम हुन नसकेको हो । प्रशारण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा २५ मेगावाटको सिंगटी, १० मेगावाटको सिप्रिङ र ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ । हालसम्म सिंगटी र लामोसाँगु स्थित १३२-३३ को सवस्टेशनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख राजन ढुङ्गेलले बताए ।


ADVERTISEMENT

# # #


१३२ केभी प्रसारण लाइनको एक सय २६ वटा टावर निर्माण गर्नुपर्नेमा सिन्धुपाल्चोक तर्फको दुईवटा टावरको इरेक्सन बाकि छ भने प्रसारण लाइन तर्फ सिंगल सर्किट पाँच किलोमिटर र डबल सर्किटको १५ किलोमिटर तार टाग्न बाकी रहेको छ ।

दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतलाई व्यवस्थापन गर्ने गरी प्राधिकरणले भारतीय ठेकेदार कम्पनीसँग सवस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।

तर प्रसारण लाइन निर्माणमा भइरहेको ढिला सुस्तीले जिल्लामा उत्पादित बिद्युत खेरा जाने निश्चित बनेको स्थानीयहरुको भनाई छ ।