काठमाडौँ – चीनले अनुदानमा दिन लागेको ८ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको चार्टड विमान आज पेचिङ जाँदैछ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार राति ११ बजे उडान भर्न लागेको जानकारी दिए ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेकोमा जसमध्ये ८ लाख डोज खोप बुधवार आइपुग्ने उनले बताए ।