काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक ६ बजेदेखि सुरु हुने बताइएको छ ।


ADVERTISEMENT


जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । । सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार जानकारी मन्त्रिपरिषद्लाई दिनेछन् ।


ADVERTISEMENT

# # #


बजेट आएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सरकारले गत शनिबार आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको थियो ।