काठमाडौँ – काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले उपत्यकामा अत्यावश्यक वस्तुको सहज आपूर्ति भइरहेको बताएका छन् ।


ADVERTISEMENT


अध्यावश्यक वस्तु बोकेका सवारीलाई नाकामा नै रोकिएको गुनासो आएपछि सोमबार काठमाडौंको नागढुंगा नाका अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले नाकाबाट सुरक्षा सतर्कता अपनाएर निर्वाध रुपमा अध्यावश्यक वस्तु बोकेका सवारी साधन उपत्यका प्रवेश भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई सर्वसाधारणले पालना गरेका कारण नै कोरोना संक्रमितको संख्या घट्दै गएको उनको भनाई छ । पराजुलीले जेष्ठ २० गतेदेखि खाधान्न र निर्माण कार्यलाई खुकुलो बनाइने जानकारी दिए ।

कोरोना महमारीलाइ रोक्न उपत्यकाको प्रशासन कार्यालयले जेष्ठ २० गतेसम्म उपत्यकामा कडा निषेधाज्ञा जारी गरेको छ ।