काठमाडौँ – चीनको अनुदानमा प्राप्त हुने ८ लाख डोज खोप आज नेपाल आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको चाटर्ड विमान खोप लिन सोमवार राति चीन उडेको विमानका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


सोमवार राति ११ बजे निगमको ए ३३० जहाज खोप लिन चीन उडेको पौडेलले बताए ।


ADVERTISEMENT

# # #


गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सी चिन पिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेको थिए ।

जसमध्ये पहिलो चरणमा ८ लाख डोज खोप लिन निगमको जहाज चीन उडान भर्न लागेकोमा आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने जानकारी पौडेलले दिए ।