काठमाडौँ– काठमाडौँ, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ ।


ADVERTISEMENT


कोरोना महामारी नियन्त्रणका लागि अघिल्लो हप्ता अवधि थप गर्दै कडा गरिएको निषेधाज्ञा खुकुलो बनाउने तयारीमा तीनै जिल्लाका प्रमुख जुटेका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आज बस्ने बैठकले पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै सोहि आधारमा तुलनात्मक रुपमा पहिलेभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जनाएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी थप निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको भनाई छ ।

पछिल्लो पटक जेष्ठ १३ गतेदेखि थप कडाई गर्दै अवधि बढाइएको निषेधाज्ञाले संक्रमित नियन्त्रणमा धेरै सघाउ पुगेको अधिकारीहरुको भनाई छ । यस अवधिमा खाद्य पसलहरु समेत बन्द गर्ने आदेशसंगै दुग्ध तथा तरकारी पसलहरुलाई मात्रै खोल्ने अनुमति दिएको थियो । अब भने सो नियमलाई व्यवस्थित गर्दै खाद्य पसलहरुमा केहि खुकुलो गर्ने अधिकारीहरुले तयारी गरेका छन् ।

जारी गरिएको निषेधाज्ञाको अवधि आगामी यहि जेष्ठ २० गते बिहिवार सकिदैछ ।