काठमाडौँ – सरकार र थारुहट थरुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।


ADVERTISEMENT


मंगलबार सरकारका तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठ तथा वार्ता टोलीका सदस्य डा. राजन भट्टराई र भगवती चौधरी तथा थारुहट थरुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ताटोली प्रमुख रुकमिती चौधरी, सदस्यहरु प्रेमलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सहमति अनुसार सरकारले थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाका अभियुक्त धनिराम चौधरी, रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा फिर्ता र रिहाईका लागि सरकारले संविधानसम्मत पहल गर्ने भएको । यस्तै राज्यका हरेक तह र तप्कामा थारुहरुको लागि आरक्षण, सबै खालका थारु समुदायको बारेमा संविधान अनुसार व्याख्या र व्यवस्था गर्ने, थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्म थारु भाषमा पठनपाठन गर्ने सहमति भएको छ ।

यस्तै कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्ने, आवश्यक र औचित्यका आधारमा संविधान गर्न राजनीतिक दलहरुबीच पहल गर्ने सहमति भएको छ ।