काठमाडौँ – फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।


ADVERTISEMENT

# # #


फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास भेन्टीलेटर सेट लगायतका सामाग्री आइपुगेको नेपालस्थित फ्रान्सको दूतावासले जनाएको छ । कार्यक्रममा मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको सहयोग सामाग्रीलाई कोरोना नियन्त्रणका लागी प्रभावकारी रुपमा सदुपयोग र वितरण गरिने जानकारी दिए । अहिले कोरोनाको तेश्रो लहर आउन संकेत देखिएकाले त्यसको तयारीमा सरकार लागिसकेको उनले बताए ।

त्यस्तै नेपालका लागि फ्रान्सका राजदूत लेगरले कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए । नेपाल–फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको हो ।