काठमाडौँ – ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै आइसियु वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । कोरोनाको दोश्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई रु १ लाख रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए ।

उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए । त्यस्तै महानगरले प्रत्येक वडामा पिसिआर र एन्टीजेन परिक्षणको व्यवस्था गरेको तथा बिभिन्न स्थानमा आइशोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकता : त्यसपछिमात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रीत भएर काम गरेको प्रमुख महर्जनले बताए ।

महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको उल्लेख गरे । उनले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पाालना गर्न पनि आग्रह गरे ।