काठमाडौँ – सरकारले रासायनिक मल आयोगका लागि भारतसंग जी टु जी मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल सरका र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडी बढाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरिएको पनि उहाले जानकारी दिए। जेष्ठ १०, १३, १५, १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउदै सञ्चारमन्त्री समेत रहेका प्रवक्ता गुरुङले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय गरेको बताए । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताए ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै सञ्चारमन्त्री गुरुङले सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको बताए। पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए गुरूङले विपक्षी राजनीतिक दलले यसपालि बजेटको विरोध गर्न ठाउँ नपाएको बताए ।

चुरे निकासीबारे अनर्गल प्रचार गरिएको भन्दै उहाले भ्रमको पछाडि नलाग्न सुझाव दिए ।