काठमाडौँ– राउटे युवतीहरुमाथि भएको यौन दुर्व्यवहारप्रति आदिवासी जनजाति महासंघले घोर आपत्ति जनाएको छ ।


ADVERTISEMENT


युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा लैजाने र विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण गर्दै विरोध जनाएको हो ।


ADVERTISEMENT

# # #


संस्थाका अध्यक्ष जगत बहादुर बरामले आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले व्यक्तिको मञ्जुरीबिना फोटो खिच्ने, गलत नियतले होटेल ल्याउने, मादक पदार्थ सेवन गराउने तथा यौनजन्य दुर्व्यवहार गर्ने जस्ता क्रियाकलाप अमानवीय र अक्षम्य कार्य भएको जनाउँदै घटनामा संलग्न आरोेपीहरुलाई कडाभन्दा कडा कारवाहिको माग समेत गरेको छ ।

यसका साथै उनले पिडित पक्षको स्वतन्त्रपूर्वक जानकारी, मञ्जुरी र स्वीकृतीबिना सार्वजनिक भएका भिडियो तथा तस्बिरहरु सरकारी संयन्त्र सिस्टममार्फत हटाउन समेत आग्रह गरेको छ ।

दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो । घटनामा आरोपी ३ जनालाई  प्रहरीले पक्राउ गरिसकेको छ ।

पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।