काठमाडौँ– टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले नेपालमा कोरोना महामारीको लहर देखिएपछिको अवस्था विगतको तुलनामा ओरालो लाग्दै गएको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सेयर गर्दै उनले हाल कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर रहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, हाल अस्पतालमा बिरामीको संख्या वैशाखको पहिलो साता अस्पतालको इमर्जेन्सीमा आएका सिकिस्त बिरामीको दरमा रहेको छ । यद्यपि यो भने घट्ने क्रमको संख्या रहेको उनको भनाई छ ।

सो कहाली लाग्दो क्षणको स्मरण गर्दै उनले लेखेका छन्, ‘यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं’, उनले अघि लेखेका छन्, ‘टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन् ।’

हाल इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको र सो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना रहेको उनको अनुमान छ । यद्यपि हाल शहरी क्षेत्रबाट भन्दा ग्रामीण भेगमा संक्रमण चुस्त रहेको जनाउँदै उनले लेखेका छन्, ‘अहिले काठमाडौैं बाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।’

दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले धेरैको ज्यान गुमाउन परेको अवस्थालाई उनले महामारीको एउटा रुप को संज्ञा दिएका छन् । यद्यपि, त्यस्तो अवस्थामा समेत अस्पताल आइपुगेका बिरामीको उपचारमा आफुहरुले कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।

यस्तै, कोरोनाको यस महामारी मा खोप लगाएका मानिसमा संक्रमण देखिएपनि कमै मात्र गम्भीर अवस्थामा पुगेको क्षणलाई भने उनले दोस्रो लहरको एउटा सुखद अनुभव अनुभवमा लिएको जनाउँदै कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय गरेको उल्लेख गरेका छन् । ‘अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो’, उनले भनेका छन् ।

यसका साथै उनले खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्ने बताउँदै कोभिड निमोनिया भएको ६–७ दिनमा बिरामीलाई निकै गाह्रो पर्ने । त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्ने जानकारी दिदैँ
बिरामीलाई समयमै मा अस्पताल आउन समेत आग्रह गरेका छन् ।

एक सुखद खबर सुनाउँदै अन्त्यमा उनले लेखेका छन्, ‘सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।