भादगाउँ– शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले जिल्लाव्यापी विद्यालय तथा कलेजस्तरीय कविता प्रतियोगितामा विजयी विद्यार्थीलाई आज पुरस्कृत गरेको छ ।


ADVERTISEMENT


स्व जोन्छेंको नवौँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा विजयी विद्यार्थीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो ।


ADVERTISEMENT

# # #


गत चैत २७ गते सम्पन्न प्रतियोगिताको दश जोड दुई र कलेजतर्फ आदर्श माविका सुष्मा तिमल्सिना प्रथम भएकी थिइन् । उनले रु. १० हजार पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी क्रमशः द्वितीय हुने सैनिक आवासीय विद्यालयकी सुस्मिता श्रेष्ठले रु सात हजार, तृतीय हुने सैनिक आवासीय विद्यालयकै रोमिका शर्माले रु पाँच हजार र सान्त्वना पाउने सैनिक आवासीय विद्यालयका आदर्शबाबु ढकाल तथा आदर्श माविकी इन्दिरा नेपालले जनही रु तीन/तीन हजार पुरस्कार प्राप्त गरका छन् ।

त्यसैगरी विद्यालयतर्फको प्रतियोगितामा प्रथम हुने महेन्द्रविद्या आश्रम माविका अपेक्षा लामाले रु पाँच हजार, द्वितीय हुने अरनिको माविका समीक्षा न्यौपानेले रु तीन हजार, तृतीय हुने मेधा माविका आयुष दङ्गाल र एमिनिटी ई स्कुलका संयोग अधिकारीले जनही रु दुई/दुई हजार तथा सान्त्वता पुरस्कार पाउने सैनिक आवासीय विद्यालयकी श्रेया नेपाल र बालमिकेश्वर माविका प्रवेश तिमिल्सिनाले जनही रु एक/एक हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरस्कृत विद्यार्थीलाई प्रतिष्ठानका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य रजनी जोन्छेंले पुरस्कार प्रदान गरेका थिए । जोन्छेंको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको जिल्लाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई स्मृति दिवसको दिन पारेर नगद पुरस्कार वितरण गरिएको अध्यक्ष जोन्छेंले बताए ।

प्रमाणपत्र र शिल्ड कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएर वातावरण सहज भएपछि खुला कार्यक्रम आयोजना गरी वितरण गरिने उनले जानकारी दिएका छन् । रासस