धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित गर्ने जनाएको छ ।


ADVERTISEMENT


सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकतासहितको पूर्वबजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको प्रभाव नियन्त्रण उन्मुख बजेट ल्याइने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले स्वास्थ्य संकट न्यूनीकरणसँगै कोरोनाले अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई न्युनिकरण गर्ने गरि पुनःउत्थानका कार्यक्रम बजेटमाार्फत ल्याइने जिकिर गरे । गरिबी न्यूनीकरणका साथै दिगो आर्थिक विकासका लागि नतिजामुखी काम गर्ने नीति अवलम्बन गर्ने, रुपान्तरणकारी आयोजनामा स्रोत साधनको कमी हुन नदिने मन्त्री शाहले बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकताका बारेमा सोमबारदेखि नै प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।