धनगढी – सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उहाले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए । मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उनको विपक्षमा ९ मतमात्र पर्‍यो । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने मतदानमा तथष्ट बसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । सभामुख थापाले विश्वासको मतको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री भट्टको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । मतदान अघि प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री भट्टले मुख्य चुनौति अहिलेको व्यवस्थालाई कसरी बचाउने र संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै समग्र विकासको कार्य अघि बढाउने रहेको बताएका थिए ।

जनताले काम गर्नका लागि पाँच वर्षको समय दिएको र उक्त समयलाई अधिकतम जनताको काममा खर्चिने उनले बताए ।