काठमाडौँ – १२ औँ राष्ट्रिय जनगणना साउनेखि असोजसम्म गर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले आउँदो साउनदेखि असोजसम्म गर्ने प्रस्ताव तयारी गरिएको विभागले जनाएको छ ।


ADVERTISEMENT


विभागका सूचना अधिकारी तीर्थराज चौलागाईँले साउन १५ देखि असोज १५ गतेसम्म गर्ने तयारी गरिएको जनाए । यसअघि जेठ २५ देखि असार ८ सम्ममा जनगणनाको मिति तय गरिएको थियो । तर कोरोनाका कारण निर्धारित समयमा जनगणना सम्पन्न गर्न नसकिएको उनले बताए ।


ADVERTISEMENT

# # #


‘यो आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न कोरोनाले दिएन त्यसैले आउँदो आर्थिक वर्षको साउनदेखि जनगणना गर्ने तयारी गरेका छौं,’  उनले भने ।