कोरिया– सुन्दा अचम्म लाग्न सक्छ! तर, यो सत्य हो । अब उत्तर कोरियामा विदेशी सिनेमा हेरेमा वा लुगा लगाएमा मात्रै पनि त्यहाँका नागरिकलाई मृत्युदण्डको सजाय हुने नयाँ कानुन पारित गर्न लागिएको छ ।


ADVERTISEMENT


उत्तर कोरियाका सर्वोच्च नेता किम जोन कुनै पनि नागरिकले विदेशी लुगा लगाउन वा सिनेमा हेर्न नमिल्ने नयाँ कानुन ल्याउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


यदि कसैले कानुनविपरीत व्यवहार देखाए मुत्युदण्ड पाउने नियम उनले ल्याउन लागेको नयाँ कानुनमा उल्लेख छ ।

उसो त उत्तर कोरिया र दक्षिण कोरियाबीचको भू–राजनिति लामो समयदेखिको वादविवादको विषय हो । यसै कारण पनि यी दुई राज्यबीच समझदारी र आपसी सम्बन्ध उचित रहेको मानिदैँन । कोरिया युद्वको झण्डै ७ दशक पूरा हुन लागिसकेको छ । यद्यपि अझैपनि यी दुई राज्यबीचको मनमुटाव भने सेलाउने कुनै संकेत देखिदैँन । मानव अधिकारको कुरा प्रत्येक राष्ट्रले आत्मसात् गर्दै गर्दा यता उत्तर कोरियाले आफ्ना नागरिकका लागि भने कडा नियम नियमन गर्ने तयारी गरिरहेको हो ।

नयाँ कानुनमा दक्षिण कोरियासंगै उत्तर कोरियाका नागरिकले अमेरिका तथा जापान भिडियो वा पत्रिका राख्न समेत पाइदैँन । यदि कुनै पनि नागरिकको घरमा ती सामाग्री भेटिए वा कुनै पनि नागरिकले विदेशी लुगा लगाए उनीहरुलाई सजाय अनुरुप मृत्युदण्ड दिने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

एजेन्सीका अनुसार, किमले हालै विशेष गरी युवावर्ग लाई लक्षित गर्दै सरकारी सञ्चारमाध्यमहरूलाई एक पत्र पठाएका थिए । जसमा युवालाई ‘अप्रिय, व्यक्तिवादी, समाजविरोधी’को पछि लाग्दा समय बर्बाद हुने उल्लेख छ । नयाँ कानुन बनेपछि अब युवाहरूलाई यस्तो कार्यमा संलग्न नहुन भनिएको छ ।

यस्तै, उनले विशेष गरी छिमेकी दक्षिण कोरियालक्षित गरी विदेशी भाषण नसुन्ने र विदेशी हेयर स्टाइल नराख्न समेत निर्देशन दिएका छन् । किमले भनेका छन्, ‘छिमेकी दक्षिण कोरिया विदेशी भाषण, हेयर स्टायल र लुगा लगाएर समय बर्बाद गरिरहेको छ, यो युवाहरूका लागि खतराजनक हो, उत्तर कोरियालाई यस्तो नराम्रो तत्वबाट रक्षा गर्न प्रतिबन्ध गरिएको हो ।’

विश्लेषकहरूको भने उत्तर कोरियाका नागरिकलाई विदेशी बाहिरी सूचना तथा सम्बन्धबाट टाढा राख्न किमले सो किसिमको कठोर कदम चालेको भनाई छ । उनीहरुको प्रतिक्रियाबाट उनीहरु किमको पक्षमा सकरात्मक रहेको अनुमान गर्न सकिन्छ । किमले सदैव विदेशी संस्कृति एवम् भाषाविरुद्व विभिन्न कदमहरु चाल्दै आएका छन् ।

यस्तै, उनले बालबालिकाको हकमा भने कुनै पनि बालबालिकाले विदेशी सिनेमा हेरे वा विदेशी संस्कृति नक्कल गरेको खण्डमा भने तिनका अभिभावकलाई कारवाहि हुने प्रावधान गर्ने बन्न लागेको नयाँ कानुनमा जनाइएको छ ।