काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले बहुमत सांसदको हस्ताक्षर पुग्दा पनि प्रधानमन्त्री नियुक्तिका लागि बहुमत पुग्ने आधार देखिएन भन्नुको आधार नभएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको पक्षमा बहस गर्दै वष्रिठ अधिवक्ता थापाले प्रतिनिधिसभामा नपुगरै कसले विश्वासको मत प्राप्त गर्न सक्छ र सक्दैन भन्ने कुरा राष्ट्रपतिले भन्न नमिल्ने बताएका हुन् । उनले राष्ट्रपतिले धारा ७६(५)अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दाबी पुग्दैन भन्ने आधार के हो भनी प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘बहुमत हस्ताक्षर आउँदा आउँदै आधार पुग्दैन भन्ने आधार के हो ?’ उनले प्रश्न गरे, ‘आधार खोज्न परे संसद जानुपर्दैन ?’ उनले राष्ट्रपतिले संसदको अधिवेशन बोलाएर कसको बहुमत छ भनेर परीक्षण नगरेरै संसद विघटन गर्न नपाउने तर्क राखे ।