काठमाडौँ–कुनै बेला गुण्डाको छवि बनाएर हाल भने युवा तथा खेलकुदमन्त्रीमा पदस्थ रहेका दिपक मनाङे(राजीव गुरुङ)का भाई कोर्ताे गुरुङ यतिबेला  प्रहरी हिरासतमा परेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई गत जेठ १६ गते लागुऔषधसहित ललितपुरबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


त्यसबेला उनीसंगै आफुलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का समेत पक्राउ परेका छन् । पक्राउ परेका कोर्ताे भने यसअघि पनि अभद्र व्यवहार, झगडा, लागुऔषध लगायतको  विभिन्न मुद्दामा पक्राउ पर्ने गरेका ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताइन् ।

उपरीक्षक बज्राचार्यका अनुसार, कोर्ताे एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा कारोबार हुने ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउपछि उनले प्रहरीसमक्ष सो लागुऔषध कारोबार नगरेको तर, आफ्नै प्रयोजनका लागि आफुसंग राखेको बयान दिएका छन् । उक्त लागुऔषध उनीहरुले कहाँबाट प्राप्त गर्छन् ? भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।

यस्तै, अब  कोर्तेका यसअघिका सबै मुद्दाको अनुसन्धान भइसकेको छ वा छैन बुझिने एसपी महर्जनको भनाई छ ।