कैलाली । एमालेको मेची-महाकाली अभियानप्रति आपत्ति जनाउँदै थारुहट तराई पार्टी नेपालले गरेको कैलाली बन्दको प्रभाव सामान्य परेको छ ।


ADVERTISEMENT


एमालेले खोक्रो राष्ट्रवादको नारा भजाएर मधेसमा जातीय र साम्प्रदायिक द्वन्द्व निम्त्याएको भन्दै थारुहट तराई पार्टी जिल्ला कार्य समिति कैलालीले कैलाली बन्दको आहृवान गरेको हो ।


ADVERTISEMENT

# # #


प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची(महाकाली अभियानमा कसैलाई पनि सहभागी नहुन समेत अपिल गरेको छ ।
थारुहट तराई पार्टी नेपालले एमालेको अभियानले जातीय एवं सामाजिक सदुभाव भड्काएको आरोप लगाएको छ ।

एमालेले अभियानअन्तर्गत आज कैलालीको टीकापुरमा सभा गर्दैछ ।