श्याम ठाकुर, सिरहा – जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव मन्त्री बनेपछि सिरहामा दिपवाली मनाइएको छ ।


ADVERTISEMENT


उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदको शपथ लिएलगत्तै उनका समर्थकहरुले सिरहाका विभिन्न ठाउँमा दिप प्रज्वलन गरी खुशियाली मनाएका हुन् ।


ADVERTISEMENT

# # #


सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित मन्त्री यादव मन्त्री भएपछि औद्योगिक क्षेत्रमा कयापलट हुने विश्वास उनका समर्थकमा छ ।

यादवलाई उद्योग मन्त्रालय जस्तो प्रभावशाली मन्त्रालयको दिएकोमा समर्थकहरुले सरकारलाई धन्यवादसमेत दिएका छन् ।

यादव यसअघि सञ्चारमन्त्री समेत बनिसकेका छन् ।