काठमाडौँ–निमित्त सीईओको रुपमा काम गर्दै आएका सुनिल पोखरेल अब भने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।


ADVERTISEMENT


गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ पदभार सम्हाल्दै आएका पोखरेल आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


वि.सं २०७६ जेठ २ मा सिभिलको डेपुटी सीईओमा नियुक्त भएका उनले त्यसपश्चात् स्टाण्डर्ड च्याटरेड, एनआईसी एवम् नविल बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा समेत काम गरिसकेका छन् । यससंगै उनी आफ्नो जीवनकालको ३ दशक बैंकिङ क्षेत्रमा नै व्यतीत गरेका एक वरिष्ठ अनुभवी समेत हुन् ।