काठमाडौँ – लघुवित्तहरुमा अग्रणी छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच अग्रपंत्तिमा रहेर सेवा प्रवाह गर्ने ट्राफिक प्रहरीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


वित्तीय संंस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो । एक कार्यक्रमबीच वित्तीय संस्थाका नायब महाप्रबन्धक दिपक निधि तिवारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


जनताको स्वास्थ्य सुरक्षाको लागि अग्रपंक्तिमा रही अहोरात्र खटिने ट्राफिक प्रहरीहरुको मनोबल उच्च राख्न उक्त सहयोग गरेको छिमेकले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा छिमेकका सहायक महाप्रवन्धक दिलीप कुमार श्रेष्ठ, कानुन तथा प्रशासन विभागका विभागीय प्रमुख दिपक पाण्डे र योजना तथा सञ्चालन विभागका विभागीय प्रमुख मेष बहादुर बस्नेतको उपस्थिति रहेको थियो ।