खोटाङ– राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी रबिन चाम्लिङको पहलमा प्रभु बैंकले वडा कार्यालय नेर्पालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले कोरोना महामारी रोकथाम एवम् नियन्त्रणका लागि आवश्यक लाखौको स्वास्थ्य सामग्री सामाग्री प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत २० हजार थान सर्जिकल माक्स, एक सय वटा स्यानिटाईजर, ३० वटा अक्सिमिटर, २० सेट पिपिई र २० वटा फेस सिल्ड लगायतका स्वास्थ्य सामग्रीहरु रहेका थिए । राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी चाम्लिङले नेर्पाका वडाध्यक्ष माधब राईलाई सो सामाग्री शनिवार हस्तान्तरण गरेका छन्।

हस्तान्तरणका लागि उक्त सामाग्री लिएर काठमाण्डौबाट.चाम्लिङ, एपिवान टेलिभिजनका समाचार वाचक मनोज जोशी, अखबार टाईम्सका संवाददाता मनिस ढकाल, समाजसेवी शुभकाजी राई जिल्ला पुगेका थिए ।

कोरोनाको दोस्रो लहरको असर हाल गाउँगाउँमा देखिने क्रम जारी छ । तसर्थ यसै सन्दर्भमा खोटाङमा पनि कोरोना महामारी फैलिएको खबर पाएपछि आवश्यक सर–सहयोगको निमित्त बैंकले साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा समाजसेवी चाम्लिङले जनाए ।