काठमाडौँ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामांकरण यही वर्खे अधिवेशनमै गरिने जिकिर गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रदेश सभामा प्रस्तुत प्रदेश सरकारको नीति तथा कार्यक्रमको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले कुनै पनि हालतमा जारी अधिवेशनबाट नै प्रदेशको नामांकरणको विषय टुंगो लगाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रदेशको नामाकरण यस अधिवेशनबाटै हामीले टुंग्याउनु पर्छ ।’ उनले भने, ‘मेरो प्रस्ताव छ, यो नीति तथा कार्यक्रम र बजेट पास गरेको भोलिपल्टैदेखि हामीले प्रदेश नामाकरणबारे छलफल गर्नुपर्छ ।’

नामांकनको विषय टुंग्याएर मात्रै प्रदेशसभाको बर्खे बजेट अधिवेशन अन्त्य गरिने दाबी गरे । उनले कोरोना बढे पनि सुरक्षा प्रणाली अपनाएरै भए पनि नामांकनका लागि छलफल गरिने उल्लेख गरे ।

‘स्वास्थ्य मापदण्डका कुन कुन सावधानीहरु अपनाउनु पर्ने हो, ती सबै अपनाएर प्रदेशको नामांकन गरेर मात्रै हाम्रो यो वर्खे अधिवेशनको अन्त्य हुनुपर्छ ।’ उनले भने, ‘म सबै माननीय सदस्य र दलहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’