काठमाडौँ – जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


बिहीबार उनीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान भन्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, लगाएका व्यानर प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदर्शनका सहभागीहरुले सेतो कपडामा हस्ताक्षर गर्दै अभियान प्रति एक्यवद्धता जनाएका थिए ।