काठमाडौँ– बुढानीलकण्ठ नगरपालिका—१२ स्थित तेन्जिङ चोक–खरिबोट सडक यथाशीघ्र मर्मत गर्न आठ वटा टोल विकास संस्थाले आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार सडक मर्मतको माग गर्दै सडक विभाग पुगेका वडाध्यक्षसहित स्थानीयवासीलाई पक्राउ गरेपछि टोल विकास संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सडक मर्मतको माग गर्दै सडक विभागलाई जानकारी गर्दा समेत वेवास्ता भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


आइतबार वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा सडक विभागको कार्यालयमा तालाबन्दी गरिएको थियो । स्थानीयवासीले लगाएको ताला प्रहरीले केही समयपछि फुटाएको थियो । ताला फुटाएको विषयमा स्थानीयवासीले विरोध जनाएसँगै वडाध्यक्ष भट्टराईसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । यद्यपि प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई केही समय नियन्त्रणमा लिएर छाडिएको जानकारी दिएका छन् ।

विसं २०७२ मा बोलपत्र भएको सो सडक हालसम्म मर्मत नभएपछि आन्दोलन गर्न बाध्य भएको वडाध्यक्ष भटराईले जनाए । ‘‘हामी वडाबासीको मुख्य माग भत्काएको बाटो मर्मत हुनुपर्छ भन्ने हो । आठ वर्ष हुँदासम्म पनि सडक मर्मत नभएपछि बाध्य भएर विभागमा तालाबन्दी गरेका हौँ’, उनले भने वि.सं २०६१ मा स्थानीयवासीले रकम सङ्कलन गरेर कालोपत्रे गरेको उक्त सडक फराकिलो बनाइने, ढल राख्ने भन्दै भत्काइएको थियो । रासस