काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनर्स्थापनापछि बन्ने विपक्षी गठबन्धनको सरकारका पहिलो प्राथमिकता जनतालाई कोरोनाबाट सुरक्षित राख्न खोल्याउने हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार पेशागत संगठनका व्यक्तित्व तथा बुद्धिजिवीसँगको अन्तरक्रियामा बोल्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर विपक्षी गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । उनले उक्त गठबन्धनको सरकारको पहिलो काम जनतालाई खोप ल्याउने हुने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘तपाईंहरु नोट गरेर राख्नुहोस्, सरकार बन्ने बित्तिकै खोप ल्याएर जनताको जीवन रक्षा गर्नुु नै पहिलो प्राथकिता हुनेछ ।’ अदालतलाई प्रभावित पार्नेगरी कुनै अभिव्ययक्ति नदिने बताउँदै उनले संविधान, ऐन, कानुन र लोकतान्त्रिक मूल्य मान्यताको आधारमा अदालतले फैसला व्यक्त गर्ने विश्वास व्यक्त गरे ।

उनले ओली नेतृत्वको सरकारले कमिशनको कुरा नमिल्दा खोप नल्याएर जनताको जीवनमाथि खेलवाड गरिरहेको जिकिर गरे ।