काठमाडौँ – सामाजिक सुरक्षा कोषले हालसम्म १४ हजार ५ सय ८० रोजगारदाता कोषमा आवद्ध भएको जानकारी दिएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले २ लाख ५१ हजार २९२ योगदानकर्ता र ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको पनि जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दावी भुक्तानी भएको कोषले जनाएको छ ।

त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ परिवारलाई ४८ लाख ३ हजार र वृद्ध अवस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख रकम कोषबाट दाबी भुक्तानी भएको कोषका प्रवक्त विवेक पन्थीले जानकारी दिए ।

२०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले जम्मा गरिदिने निर्णयले सरकारले कोषलाई उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले अनौपचारिक क्षेत्रलाई पनि कोषमा संलग्न गराउन काम भइरहेको बताए । त्यस्तै उनले कोषमा आएका उजुरीलाई प्राथमिकताका साथ हेरिरहेको जानकारी दिए ।

सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका लागि २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि २०७६ साउन १ गतेबाट निरन्तर योगदान रकम संकलन भइरहेको कोषले जनाएको छ ।