काठमाडौँ – काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् । दुई महिनाको निषेधाज्ञापछि मंगलबारदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन भएको हो ।


ADVERTISEMENT


२५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । तर न्यून मात्रामा चलेका सार्वजनिक यातायातमा यात्रुको भिड देखिएको छ भने स्वास्थ्य सतर्कता अपनाएको पाइएको छैन ।


ADVERTISEMENT

# # #


कारोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयका साथ थप एक साता निषेधाज्ञा थप गरिएको छ ।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् । तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।