काठमाडौँ – भारतमा हुने भनिएको टी–२० विश्वकप क्रिकेट युएई र ओमानमा हुने भएको छ । भारतमा बढ्दो कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले युएई र ओमानमामा सञ्चालन गर्ने गरी मिति तोकेको हो ।


ADVERTISEMENT


अब टी–२० विश्वकप आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुनेछ । आइसीसीले युएईका दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम, आबुधाबीस्थित शेख जायद स्टेडियम र शारजाह स्टेडियम र ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड गरी चार मैदानलाई भेन्यूका रुपमा तोकेको छ ।


ADVERTISEMENT

# # #


‘हाम्रो प्राथमिकता विश्वकपलाई वर्तमान परिस्थिति अनुसार पूर्णसुरक्षित तरिकाले आयोजना गर्नु हो ।’ विश्वकपबारे आईसीसीका सीईओ जोफ आलर्डिसले भने, ‘यद्दपी यो प्रतियोगिता भारतमा आयोजना गर्न नपाउँदा हामी पनि निराश छौँ ।’  यद्दपी विश्वकप युएई र ओमानमा भए पनि आयोजक भने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नै रहनेछ ।

विश्वकपमा १६ टिम भिड्दैछन् । पहिलो चरणमा विश्वकपमा छनोटमार्फत पुगेका ६ टिम र टी–२० वरियतामा उत्कृष्ट ८ मा नअटाएका बंगलादेश र श्रीलंका भिड्नेछन् । ८ टोलीलाई २ समूहमा बाँडिनेछ । त्यसबाट प्रत्यके समूहका विजेता र उपविजेताले सुपर १२ मा स्थान बनाउनेछन् । जहाँ टी–२० वरियताको उत्कृष्ट ८ भित्र रहेका भारत, पाकिस्तान, इंग्ल्याण्ड सहितका टोली रहेका छन् ।

टी–२० विश्वकप पछिल्लो समय सन् २०१६ मा भारतमा भएको थियो । उक्त विश्वकपको उपाधी इंगल्याण्डलाई हराउँदै वेष्टइण्डिजले जितेको थियो ।

सन् २०१४ मा पटक टी–२० विश्वकप खेलेको नेपाल यसपटकको विश्वकपमा हुनेछैन । सन् २०१९ मा सिंगापुरमा भएको एशिया छनोटमा कतार र सिंगापुरसँग अप्रत्याशित रुपमा पराजित भएपछि विश्वकप छनोटमै पुग्न असफल भएको थियो ।

विश्वकपमा छनोट भएका टोलीसुपर८ मा छनोट
१. भारत (आयोजक)
२. पाकिस्तान
३. अष्ट्रेलिया
४. इंगल्याण्ड
५. दक्षिण अफ्रिका
६. न्यूजील्याण्ड
७. वेष्ट इण्डिज
८. अफगानिस्तान
वरियताका आधारमा छनोट भएका
९. बंगलादेश
१०. श्रीलंका
विश्वकप छनोटबाट आएका
११. नेदरल्याण्ड
१२. पपुवा न्यूगिनी
१३. आयरल्याण्ड
१४. नामिबिया
१५. स्कटल्याण्ड
१६. ओमान